टि२० विश्वकप : इङ्गल्याण्डसँग नेपालको वीरगाथा, ऐतिहासिक जितबाट ४ रनले चुक्यो

भरतपुर । भारतमा जारी आईसीसी पुरुष टिट्वेन्टी विश्वकपको समूह सी अन्तर्गत पहिलो खेलमा नेपाल इङ्गल्याण्डसँग पराजित भएको छ । निकै नै रोमाञ्चक बनेको खेलमा इंगल्याण्डले नेपाललाई ४ रनले हराएको हो । त्यसका लागि उसले खेलको अन्तिम बलसम्म कुर्नुपरेको थियो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र […]
सम र लेखनाथको स्मृतिमा गल्याङमा काव्य महोत्सव

स्याङ्जा, २५ माघ । नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको १२४औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको पूर्वसन्ध्यामा जगत्रदेवी साहित्य सङ्गम, गल्याङ स्याङ्जाद्वारा आयोजित “गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२” माघ २४ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ । पल्लव साहित्य प्रतिष्ठान, भरतपुर चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने […]
रवि लामिछाने पूर्वी नवलपरासीमा चुनावी प्रचारमा व्यस्त

पूर्वी नवलपरासी, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार निर्वाचन प्रचारप्रसारका लागि पूर्वी नवलपरासीको विभिन्न स्थानमा मतदातासँग भेटघाटमा जुटेका छन् । गैंडाकोटदेखि दाउन्नेसम्मको यात्रामा लामिछानेले जनसमुदायसँग घरदैलो तथा सडक भेटघाट कार्यक्रम सञ्चालन गरेका थिए र स्थानीय समस्यालाई बुझ्दै समाधानका वाचा पुनः दोहोर्याएका छन् । यस क्रममा उनले जनतासँग प्रत्यक्ष संवाद […]
कालिका संस्कृत विद्यापीठमा स्वागत तथा सिर्जनावाचन कार्यक्रम सम्पन्न

गैंडाकोट, २५ माघ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस कालिका संस्कृत विद्यापीठमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नव आगन्तुक विद्यार्थीहरूको स्वागत तथा सिर्जनावाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता उपसभापति मिलनकुमार पराजुलीले गरेका थिए भने सो कार्यक्रममा विद्यापीठ सञ्चालक समितिका अध्यक्ष एवं समाजसेवी ओमप्रसाद सापकोटा प्रमुख अतिथि थिए । शास्त्री तह प्रथम वर्ष, ११ […]
चितवन–२ : कांग्रेसकी खरेल र रास्वपाका लामिछानेबीच प्रतिस्पर्धा

चितवन, २५ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर – २ मा नेपाली कांग्रेसले सामाजिक अभियन्ता मीनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । त्यसैले कांग्रेसले यसपटक राजनीतिकभन्दा सामाजिक पहिचान भएको उम्मेदवार अघि सारेको हो । खरेल ३५ वर्षदेखि […]
मुस्ताङमा नेपाली सेनाको निर्वाचन सुरक्षा गस्ती

मुस्ताङ, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले जोमसोम क्षेत्रमा गस्ती सुरु गरेको छ । सेनाले संवेदनशील स्थलहरूमा सुरक्षा बेस क्याम्प स्थापना गरी दिनरात निगरानी र गस्ती गर्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुने सुनिश्चित गर्ने काम थालेको छ । यो कदम देशभर सञ्चालन भइरहेका एकीकृत निर्वाचन सुरक्षा […]
रत्ननगरमा महिला भेला : कांग्रेस उम्मेदवार बुर्लाकोटीले भने– जित अब निश्चित

रत्ननगर, २५ माघ । नेपाली कांग्रेस क्षेत्र नम्बर – १ निर्वाचन परिचालन समितिको आयोजनामा महिला भेला तथा उम्मेदवार भेटघाट कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताए । उनले आगामी निर्वाचनमा ‘सय पार, गगन थापाको नेतृत्वमा सरकार’ भन्ने नारासहित […]
नेपाली लेखक सङ्घ कास्कीद्वारा कवि गोविन्दराज विनोदी र तारा पाखे सम्मानित

पोखरा, २५ माघ । नेपाली लेखक सङ्घ कास्कीले शनिबार पोखरामा दुुई जना कविलाई सम्मान गरेको छ । गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशील लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कारबाट नवलपरासीका स्रष्टा कवि गोविन्दराज विनोदीको पुस्तक ‘अलङ्कार इन्द्रेनी’लाई पच्चीस हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । त्यसैगरी लामो समय नेपाली साहित्यमा योगदान दिएस्वरुप कवि […]
गुलाफमा देखिने कालो थोप्ला रोग के हो?

गुलाफलाई फूलहरूको राजा मानिन्छ । विशेष सौन्दर्य र सुगन्धले नै यो फूललाई अन्यभन्दा फरक पहिचान दिएको छ । चाहे घरको बगैँचा सजाउन होस् वा व्यावसायिक खेती गरेर आम्दानी गर्न, गुलाफ सधैं पहिलो रोजाइमा पर्ने गर्दछ । तर यति सुन्दर र लोभलाग्दो गुलाफको बोटलाई एउटा यस्तो अदृश्य शत्रुले सताइरहेको हुन्छ जसले गर्दा सुन्दर पातहरू कुरूप हुने […]