रेनु दाहालको घरदैलो अभियान : विकासका ठोस प्रतिबद्धता सार्वजनिक

चितवन, १२ माघ ।
चितवन क्षेत्र नम्बर–३ की विकासप्रेमी उम्मेदवार रेनु दाहालले सोमबारबाट माडी नगरपालिका–७ मा घरदैलो अभियान सुरु गरेकी छन् । अभियानको क्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण र जनजीविकासँग सम्बन्धित विभिन्न प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।

दाहालले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको धुलाम्मे सडकको समस्या समाधान गर्दै सडकलाई धुलोरहित बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “काम गरेर देखाउँछु, हामीलाई विश्वास गर्नुस्,” भन्दै उनले जनतासँग भावनात्मक अपिल पनि गरिन् ।

उनले घरदैलो अभियानका क्रममा सक्षम र व्यवहारिक प्रतिबद्धता मात्र दिने नीति अपनाएको उल्लेख गर्दै, “जे गर्न सकिन्छ, त्यो मात्र वाचा गर्छु, असम्भव वाचा नगर्ने,” स्पष्ट पारिन् ।

त्यसैगरी, माडी क्षेत्रका किसानका लागि जङ्गली जनावरबाट हुने क्षति रोक्न घेराबार निर्माण र रिउ नदी तटबन्धन कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि उनले जनाइन् ।
स्थानीयवासीहरूले दाहालको घरदैलो अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै विकासका विषयमा प्रत्यक्ष संवाद भएकोमा खुसी व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट