पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर हल्का वर्षा र हिमपातको सम्भावना

चितवन, १२ माघ । केही दिनअघि पश्चिम नेपालमा वर्षा र हिमपात गराएर गएको प्रणालीको प्रभाव कम नभएको भन्दै फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार सोमबार रातिबाटै सुदुरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यस प्रणालीले काठमाडौँ उपत्यकासमेत छोइर हल्का वर्षा गराउने अनुमान गरिएको छ […]

इरानमा प्रदर्शनकारीमाथि भीषण दमन : ६ हजारको मृत्यु

इरानमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षा फौजले गरेको दमनका क्रममा करिब छ हजार मानिसको मृत्यु भएको छ ।  अमेरिकामा आधारित मानव अधिकार समूहले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सुरक्षा बलको कारबाहीमा परी अहिलेसम्म ५ हजार ८४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विरोध प्रदर्शन र अभूतपूर्व दमन गत डिसेम्बरको अन्त्यमा आर्थिक संकट र मूल्यवृद्धिको […]

३५ भन्दा बढी टिमको सहभागितामा आरम्भ कप २०८२ सुरु हुँदै

चितवन, १२ माघ । चितवनमा बिआइटी र बिएचएम पढाइ हुने आरम्भ कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमताको विकाससहित खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्नु हो । प्रतियोगिता माघ १८ देखि २२ गतेसम्म आरम्भ कलेजको […]

यौन सम्पर्कमा कण्डम फुटे वा चिप्लिएर भित्र अड्कियो भने के गर्ने ?

यौन सम्पर्कको क्रममा कहिलेकाहीँ कण्डम फुटेर वा चिप्लिएर योनि भित्र अड्किन सक्छ । यस्तो अवस्थाले डर वा चिन्ता उत्पन्न गर्न सक्छ, तर यसमा पैनिक गर्नु आवश्यक छैन । यहाँ तपाईंलाई सुरक्षित र सही उपायहरू बारे जानकारी दिइएको छ । १) सबैभन्दा पहिले—नडराउनुहोस् भित्र अड्किएको कण्डम पत्ता लगाउँदा डर वा हडबडी हुनु सामान्य हो । तर […]

रेनु दाहालको घरदैलो अभियान : विकासका ठोस प्रतिबद्धता सार्वजनिक

चितवन, १२ माघ । चितवन क्षेत्र नम्बर–३ की विकासप्रेमी उम्मेदवार रेनु दाहालले सोमबारबाट माडी नगरपालिका–७ मा घरदैलो अभियान सुरु गरेकी छन् । अभियानको क्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण र जनजीविकासँग सम्बन्धित विभिन्न प्रतिबद्धता सार्वजनिक गरेकी हुन् । दाहालले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको धुलाम्मे सडकको समस्या समाधान गर्दै सडकलाई धुलोरहित बनाउने प्रतिबद्धता व्यक्त गरिन् […]

मातृभूमि सम्मान शुलज्ञा शाहलाई प्रदान हुँदै

मकवानपुर, १२ माघ । मातृभूमि साहित्य समाज मकवानपुरले २४ माघमा कोइलीदेवी स्मृति मातृभूमि सम्मान हेटौंडाकी शुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गर्न लागिएको छ । सो अवसरमा सम्मानसँगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ। सम्मानको राशी नगद ११ हजार रुपैयाँ रहनेछ । समाजका सचिव किशन पौडेलका अनुसार, मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत-सङ्गीतकी […]

महिला नेतृत्वको उदाहरण : चितवन–२ मा मीना खरेलको चुनावी अभियान

चितवन, १२ माघ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मीना खरेलले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेकी छन् । भरतपुर महानगरपालिका–स्थित लङ्कूमा रहेको उनको निजी निवासबाट सुरु भएको अभियानमा विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरूको उल्लेख्य सहभागितासहित भव्य स्वागत गरिएको हो । सोमबार आयोजित कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा तथा टोल तहसम्मका महिलाहरूको […]

बागमतीका दुई जिल्लामा एकैदिन दुई जनाको मृत्यु

मकवानपुर, १२ माघ बागमती प्रदेशका सिन्धुली र धादिङ जिल्लामा आइतबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ का ७४ वर्षीय देवीबहादुर पुर्बाछाने घरको दोस्रो तलाबाट लडेर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा आइतबार साँझ उनको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा […]

निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ आउँदै

भरतपुर, १२ माघ । लेखक निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ आउने भएको छ । २०० वटा मुक्तक समेटिएको कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो । साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने ऊनी तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको `आशीर्वाद´ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) […]

स्कटल्याण्डसँग ७२ रनको हार : नेपालको विश्वकप पुग्ने सपना समाप्त

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी महिला टिट्वेन्टी विश्वकप छनौटमा स्कटल्याण्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’ को निर्णायक खेलमा व्यहोरेको यो हारसँगै नेपालको सन् २०२६ को विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो। कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डबाट १४१ रनको चुनौतीपूर्ण लक्ष्य पाएको थियो। तर जवाफी ब्याटिङमा नेपालको […]