मातृभूमि सम्मान शुलज्ञा शाहलाई प्रदान हुँदै

मकवानपुर, १२ माघ
मातृभूमि साहित्य समाज मकवानपुरले २४ माघमा कोइलीदेवी स्मृति मातृभूमि सम्मान हेटौंडाकी शुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गर्न लागिएको छ । सो अवसरमा सम्मानसँगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ। सम्मानको राशी नगद ११ हजार रुपैयाँ रहनेछ ।

समाजका सचिव किशन पौडेलका अनुसार, मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत-सङ्गीतकी अमर व्यक्तित्व कोइलीदेवी माथेमा को स्मृतिमा यो सम्मान स्थापना गरिएको हो ।
सम्मान प्राप्त गर्ने शाह हाल हेटौंडा–२ स्थित बालजागृति इङ्गलिस माविमा कक्षा ५ मा अध्ययनरत छन् । सोही अवसरमा कोइलीदेवी माथेमा स्मृति सम्बन्धी विशेष चर्चा पनि गरिनेछ ।

२०५६ सालमा नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको मातृभूमि साहित्य समाजले विविध स्मृति–विशेष कार्यक्रम तथा साहित्यिक गतिविधिहरू निरन्तर गर्दै आएको छ । समाजले स्थापित र नवोदित प्रतिभाहरूलाई साहित्य, कला तथा सङ्गीतका विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट