मकवानपुर, १२ माघ
बागमती प्रदेशका सिन्धुली र धादिङ जिल्लामा आइतबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ का ७४ वर्षीय देवीबहादुर पुर्बाछाने घरको दोस्रो तलाबाट लडेर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा आइतबार साँझ उनको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माटोको ढिस्को खस्दा ४५ वर्षीय मानबहादुर प्रजाको मृत्यु भएको छ । भित्तामा प्लास्टर गर्ने क्रममा पुरिएका उनलाई उपचारका लागि मलेखु टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।





