पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर हल्का वर्षा र हिमपातको सम्भावना

चितवन, १२ माघ ।
केही दिनअघि पश्चिम नेपालमा वर्षा र हिमपात गराएर गएको प्रणालीको प्रभाव कम नभएको भन्दै फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार सोमबार रातिबाटै सुदुरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यस प्रणालीले काठमाडौँ उपत्यकासमेत छोइर हल्का वर्षा गराउने अनुमान गरिएको छ । तराइका भू–भागमा भने असर कम देखिन्छ । पौडेलले भने, “पर्सी बुधबार काठमाडौँमा हल्का वर्षा हुन सक्छ, तर प्रणाली कमजोर भएकाले ठूलो झरी हुँदैन ।” हिमाली र उच्च पहाडी क्षेत्रमा भने यसले हिमपात तथा वर्षा गराउने सम्भावना रहेको उनले जानकारी दिए ।

यस प्रणालीले आज राति पश्चिम नेपालबाट प्रवेश गरी मङ्गलबार दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिनेछ । मङ्गलबार राति प्रणाली अझै सुदृढ भई बुधबारदेखि देशैभर फैलिने र काठमाडौँमा समेत बदली हुने विभागले जनाएको छ ।

मौसम चेतावनी:
माघ १३ र १४ गते: सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात/वर्षा सम्भावना ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षा ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा तराई भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा सम्भावना ।
यस मौसमले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले विभागले अद्यावधिक मौसमी सूचनामा ध्यान दिन आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट