भुपराज पाठक स्मृति प्रतिष्ठान गठन

माडी, १० माघ ।
दिवङ्गत हास्यकलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, चितवनमा विधिवत दर्ता (द.नं. ४५/०८२/८३) भई सो परोपकारी संस्थाको विधिवत गठन भएको हो । संस्था दर्ता पश्चात सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले दर्ता प्रमाणपत्र संस्थालाई हस्तान्तरण गर्नुभयो ।

संस्थाको अध्यक्षमा दिवङ्गत पाठकका सहोदर दाजु विपिन पाठक रहनुभएको छ । त्यस्तै उपाध्यक्षमा इन्दिरा तिवारी, महासचिवमा हरि रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सहसचिवमा दुर्गाकुमारी लामिछाने तथा कोषाध्यक्षमा प्रविन देवकोटा रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा देब नारायण शाह, हरि प्रसाद न्यौपाने, कृष्ण प्रसाद पाठक, डा. एन्जिला चौलागाई, अर्जुन अर्याल, शुक्रमिया चौधरी, सीता पाठक, दीप्ति विश्वकर्मा, शंकर गिरी, जनक भुसाल र बालकृष्ण पाण्डे रहनुभएको छ ।

नवगठित प्रतिष्ठानले स्वर्गीय भुपराज पाठकको स्मृतिलाई जीवन्त राख्न सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पत्रकारिता तथा शिक्षक सम्मान प्रदान गर्ने लगायतका उद्देश्य लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट