नारायणगढमा ‘कर्तव्य’ नाटक समीक्षा लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

नारायणगढ, १० माघ । ओजस थिएटरको प्रस्तुति तथा तरङ्ग नाट्य समूह, चितवनद्वारा आयोजित ‘कर्तव्य’ नाटकमा सहभागी विद्यार्थीहरूका लागि सञ्चालन गरिएको समीक्षा लेखन प्रतियोगिताको नतिजा माघ ७ गते नारायणी कला मन्दिर, नारायणगढमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । नारायणी कला मन्दिरका अध्यक्ष अनुकुल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मी प्रमुख […]
भुपराज पाठक स्मृति प्रतिष्ठान गठन

माडी, १० माघ । दिवङ्गत हास्यकलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, चितवनमा विधिवत दर्ता (द.नं. ४५/०८२/८३) भई सो परोपकारी संस्थाको विधिवत गठन भएको हो । संस्था दर्ता पश्चात सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले दर्ता प्रमाणपत्र संस्थालाई हस्तान्तरण […]
शैक्षिक सामग्री बाँडेर प्रकृति पुस्तक पसलले मनायो वार्षिकोत्सव

कावासोती, १० माघ । प्रकृति पुस्तक पसल कावासोतीले ३०औँ वार्षिकोत्सव तथा १३औँ राष्ट्रिय पुस्तक दिवस श्रीपञ्चमीको अवसरमा विद्यालयमा अक्षरारम्भ गर्न आएका साना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । वि.सं. २०५२ सालमा स्थापना भएको उक्त पुस्तक पसलले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै प्रत्येक वर्ष निःशुल्क स्टेशनरी तथा पुस्तक वितरण गरेर वार्षिकोत्सव मनाउँदै आएको नवदुर्गा आधारभूत […]