चितवन, ७ माघ ।
खैरहनीमा नगर वाङ्मय परिषद् गठन भएको छ । खैरहनी नगरपालिका कार्यपालिकाले चेतराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय परिषद् गठन गरेको हो ।
परिषद् अध्यक्षमा चेतराज रेग्मी, उपाध्यक्षमा कृष्णकुमारी शर्मा, सचिवमा रामशरण थपलिया र कोषाध्यक्षमा नरेन्द्रराज पौडेल नियुक्त भएका छन् ।
परिषद्को सदस्यमा नवराज ढकाल, कारी चौधरी, संजय कुमार चौधरी, सुमन कडरिया, मीरा खरेल, उल्लासकान्त मैनाली, सविना सिग्देल, विकास पौडेल र धु्रवराज खनाल रहेका छन् ।
कार्यपालिकाले प्रेम रिमाल र हरिप्रसाद गजुरेललाई सल्लाहकारमा मनोनित गरेको छ भने परिषद्को पदेन सदस्यको जिम्मेवारी शिक्षा अधिकृत सुमन सिलवाललाई तोकिएको छ ।
नवगठित समितिको बुधबार शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । अध्यक्ष रेग्मीलाई नगर प्रमुख शशिकुमार खनियाँले शपथ ग्रहण गराएका छन् भने अन्य कार्यसमितिलाई अध्यक्षले शपथ दिलाएका छन् । नव गठित परिषद् चार वर्षको कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ ।
कार्यक्रममा परिषद्को संरक्षक तथा उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र शिक्षा निर्देशक राजु बानियाँको उपस्थिति रहेको थियो ।





