खैरहनीमा १३ सदस्यीय नगर वाङ्मय परिषद् गठन, चेतराज रेग्मी अध्यक्ष चयन

चितवन, ७ माघ । खैरहनीमा नगर वाङ्मय परिषद् गठन भएको छ । खैरहनी नगरपालिका कार्यपालिकाले चेतराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय परिषद् गठन गरेको हो । परिषद् अध्यक्षमा चेतराज रेग्मी, उपाध्यक्षमा कृष्णकुमारी शर्मा, सचिवमा रामशरण थपलिया र कोषाध्यक्षमा नरेन्द्रराज पौडेल नियुक्त भएका छन् । परिषद्को सदस्यमा नवराज ढकाल, कारी चौधरी, संजय कुमार चौधरी, सुमन कडरिया, मीरा […]

डा. स्वर्णिम वाग्लेले देवघाटधामबाट चुनावी अभियान सुरु गरे

तनहुँ, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामबाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गर्नुभएको छ । उम्मेदवारी दर्ता गर्नु अघि मंगलबार डा. वाग्लेले देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको संगममा पूजा अर्चना गर्नुभयो । त्यसपछि उहाँले गलेश्वर आश्रम, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम तथा हरिहर आश्रममा पुगेर पीठाधीशहरूबाट […]

पोख्रेल दम्पतीद्वारा राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा शैक्षिकसामग्री वितरण

चितवन, ७ माघ । इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषका सम्पूर्ण विद्यार्थीलाई झोला तथा पुस्तक वितरण गरिएको छ । भरतपुर महानगरपालिका–५ निवासी चन्द्रमा पोखरेल तथा उहाँका श्रीमान् हरिप्रसाद पोखरेलको सौजन्यमा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङ प्रमुख […]

सकियो रत्ननगर महोत्सव : २७ करोडको कारोबार, साढे ४ लाखले गरे अवलोकन

रत्ननगर, ७ माघ । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष […]