मकवानपुरमा ७ जना महिलासहित ४४ जनाले दिए उम्मेदवारी

मकवानपुर, ६ माघ ।
फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर जिल्लाबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा क्रियाशील दल तथा स्वतन्त्र गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

दलहरुकाे तर्फबाट २९ जना तथा स्वतन्त्र तर्फ १५ जनाले उम्मेदवारी दिएका हुन् । २ वटा संघीय निर्वाचन रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा २३ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । जसमा १३ जनाले दलहरुकाे प्रतिनिधित्व गर्दै चुनावी प्रतिष्पर्धाकाे लागि मनोनयन दर्ता गराए । १० जनाले स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराए । यस्तै क्षेत्र नम्बर २ मा १६ जनाले पार्टीकाे प्रतिनिधित्व गर्दै मनोनयन दर्ता गराउँदा ५ जनाले स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मंगोल नेशनल अर्गनाइजेशन जनता समाजवादी पार्टी संयुक्त नागरिक पार्टी आम जनता पार्टी नेशनल रिपब्लिक पार्टी लगायतले उम्मेदवारी दिएका छन् ।

ककस्ले गराए उम्मेदवारी

नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर रानाले मनोनयन दर्ता गराएका छन् । एमालेबाटै जिल्लाकाे क्षेत्र नम्बर २ मा पुर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराए । यस्तै नेपाली काँग्रेसबाट जिल्लाकाे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै क्षेत्र नम्बर २ मा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काे तर्फबाट क्षेत्र नम्बर १ मा विजय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नम्बर २ मा लवशेर विष्टले उम्मेदवारी दिएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीे राप्रपाका दिपक बहादुर सिंहले क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराउँदा साेही पार्टीका राम बहादुर थोकर ले क्षेत्र नम्बर २ बाट उम्मेदवारी  दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गराए भने साेही पार्टीबाट क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर क्षेत्र नम्बर १ मा तेज प्रसाद उप्रेती (रमेश) ले उम्मेदवारी दर्ता गराएका छन् । साेही पार्टीले क्षेत्र नम्बर २ मा सन्तोष विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी श्रम संस्कृति पार्टीबाट जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । कुलमान घिसिङकाे उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य त्यागेर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् । साेही पार्टीबाट मकवानपुरकाे क्षेत्र नम्बर २ बाट युनिश लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै क्षेत्र नम्बर १ बाट जसपाका दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेमकिपाकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रुपक लामाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट मंगोल नेशनल अर्गनाइजेशनका हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपालका सुर्य तामाङ बल, आम जनता पार्टीका सुर्य राई, नेमकीपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टी शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्रमा १५ जनाकाे उम्मेदवारी

यसैगरी स्वतन्त्र तर्फ २ वटै क्षेत्रमा गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा स्वतन्त्र तर्फ अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाईं, सुशीला सुवेदी, ज्ञान सागर लामा, राजाराम बाेगटी, राकेश कुमार शर्मा, मठु पुलामी मगर, प्रमिला कुमारी खतिवडा र राजकुमार खड्काले उम्मेदवारी दिएका हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानिया, सीतामाया बल, रमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट