मकवानपुरमा ७ जना महिलासहित ४४ जनाले दिए उम्मेदवारी

मकवानपुर, ६ माघ । फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर जिल्लाबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा क्रियाशील दल तथा स्वतन्त्र गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । दलहरुकाे तर्फबाट २९ जना तथा स्वतन्त्र तर्फ १५ जनाले उम्मेदवारी दिएका हुन् । २ वटा संघीय निर्वाचन रहेकाे जिल्लाकाे क्षेत्र नम्बर […]
चितवनमा सुनिए कविता दोस्ताज

भरतपुर, ६ माघ । कवि दोस्ताज मङ्गलबार चितवन आए । सोमबार काठमाडौंमा कवितासङ्ग्रह विमोचन गराएर उनी चितवन आएका हुन् । चितवन आएका उनले कवितासङ्ग्रह `एकदिन मानिसहरू फर्किनेछन्´ साथमै ल्याएका थिए । `काव्य काफिया´को पहिलो शृङ्खलामा उभिएका कवि दोस्ताजले आफ्नै सङ्ग्रहबाट ४ वटा कविता प्रस्तुत गरे । रचनागर्भसहित दोस्ताजले कविता सुनाएका हुन् । `चितवन आएर कविता […]
चितवनमा सितोरियो सोवुकान कराते दीक्षान्त कार्यक्रम : १५१ जना दीक्षित

चितवन, ६ माघ । चितवनमा जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । नेपाल सितोरियो सोवुकान कराते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको कार्यक्रममा १५१ जना खेलाडीहरु दीक्षित भएका छन् । चितवन ग्रेडिङ समितिका संयोजक सुधिर श्रेष्ठका अनुसार तीन दिन चलेको कार्यक्रममा फर्स्ट डनबाट १३१ जना दीक्षित भएका छन् । यस्तै […]
निष्प्रभ सजीको `याली´ उपन्यासको चितवनमा अन्तर्क्रिया

भरतपुर, ६ माघ । लेखक निष्प्रभ सजीको नयाँ कृति `याली´ उपन्यासको अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढसँगको समन्वयमा बुकहिल पब्लिकेसन्सले भरतपुरस्थित होटल सिराइचुलीमा सोमबार कार्यक्रम गरेको हो । कार्यक्रमलाई बुकहिल पब्लिकेसन्सका प्रमुख भुपेन्द्र खड्काले सहजीकरण गरेका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाले पाहुनाहरूलाई स्वागत गरे । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई […]