कृषि उत्पादन बढाउन विदेशी प्रविधि भित्र्याउनुपर्छ : मन्त्री पौडेल

चितवन, २ माघ ।

वागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादन बढाउन विदेशी कृषि प्रविधिको पहुँच र प्रयोग विस्तार गर्नुपर्ने बताउनुभएको छ । चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो उद्घाटन गर्दै उहाँले प्रविधिमैत्री कृषिले उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले निर्वाहमुखी खेतीबाट व्यवसायिक कृषितर्फ जान प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको भन्दै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न प्रदेश सरकारले अनुदान, व्याज अनुदान र आयात प्रतिस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । साथै, समयमै रासायनिक मल आपूर्ति र प्रांगारिक मल उद्योग सञ्चालनमा सरकार सक्रिय रहेको उहाँको भनाइ छ ।

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत देशका १०० भन्दा बढी कृषि सम्बन्धी स्टलहरू रहेका छन् । प्रदर्शनीमा पशुपालन, कृषियन्त्र, बीउ–बिजन, मल, खाद्य प्रविधि तथा कृषि तालिमसम्बन्धी जानकारी उपलब्ध हुने आयोजकले जनाएको छ । एक्स्पो माघ ४ गतेसम्म चल्नेछ र प्रवेश निःशुल्क गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट