कृषि उत्पादन बढाउन विदेशी प्रविधि भित्र्याउनुपर्छ : मन्त्री पौडेल

चितवन, २ माघ । वागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादन बढाउन विदेशी कृषि प्रविधिको पहुँच र प्रयोग विस्तार गर्नुपर्ने बताउनुभएको छ । चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो उद्घाटन गर्दै उहाँले प्रविधिमैत्री कृषिले उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले निर्वाहमुखी खेतीबाट […]
बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवन, ३ माघ । राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छनौट भएका छन् । सितोरियो कराते ट्रेनिङ हल भरतपुरमा भएको छनौट प्रतियोगिताबाट १७ खेलाडी छनौट भएका हुन् । छनौट प्रतियोगितामा भक्तपुर बाहेक बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी थिए । उनीहरु मध्य १७ जना छनौट हुन सफल भएका हुन् । […]
शनिबार भरतपुरमा युरो मोटर्सको एक्स्चेञ्ज क्याम्प हुंँदै

चितवन, २ माघ । बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको चितवनको आधिकारिक बिक्रेता युरो मोर्टसले भरतपुरमा एक्स्चेञ्ज क्याम्प गर्दैछ । कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिसरमा एक्स्चेञ्ज क्याम्प गर्न लागेको हो । इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए । क्याम्पमा जुनसुकै कम्पनीका गाडी सिजी […]
सितोरियो सोवुकान कराते दीक्षान्त कार्यक्रम सुरु

चितवन, २ माघ । चितवनमा जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु भएको छ । नेपाल सितोरियो सोवुकान कराते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा उक्त दिक्षान्त कार्यक्रम सुरु भएको हो । माघ ४ गतेसम्म चल्ने कार्यक्रमको शुक्रबार प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले […]
फिजीका नेपालीको कथा ‘याली’ लोकार्पण

काठमाडौं, २ माघ । साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ । साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन् । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रयले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता […]