शनिबार भरतपुरमा युरो मोटर्सको एक्स्चेञ्ज क्याम्प हुंँदै

चितवन, २ माघ ।
बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको चितवनको आधिकारिक बिक्रेता युरो मोर्टसले भरतपुरमा एक्स्चेञ्ज क्याम्प गर्दैछ । कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिसरमा एक्स्चेञ्ज क्याम्प गर्न लागेको हो । इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए ।

क्याम्पमा जुनसुकै कम्पनीका गाडी सिजी मोर्टसका उत्पादनसंँग साट्न सकिने छ । क्याम्पमा काया ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ । ‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ´, बर्माले भने – `यस्तै इभीमा म्याक्स कम्पनीको हेभि पिकअप पनि सार्वजनिक गर्दैछौं ।’ एक्स्चेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले बिशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।

क्याम्पमा ग्राहकले काया ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ, खरीद तथा एक्स्चेञ्ज गर्न सक्नेछन् । बर्माका अनुसार शनिबार बिहान साढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ ।

काया ब्राण्डका गाडीहरु ग्राहकको रुचिमा पर्दै आएका छन । यस अघि युरो मोटर्सले सौराहामा एक्स्चेञ्ज क्याम्प राखेको थियो भने आइतबार कावासोतीमा एक्स्चेञ्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट