फिजीका नेपालीको कथा ‘याली’ लोकार्पण

काठमाडौं, २ माघ ।

साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ । साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन् ।

राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रयले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुऱ्याएका नेपालीको कथाव्यथा समेटिएकोले कृति रोचक र एतिहासिक रहेको साहित्यकार अमर न्यौपानेले बताए । उनले भने, “भाषिक हिसाबले काव्यिक र कथाको नवीनताकाले फरक स्वाद उपन्यासमा छ ।”
“याली लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति हो । अकथ्य कथा र नौलो परिवेशले उपन्यास रोचक र पठणीय छ ।”, लेखक णारायन वाग्लेले भने ।
यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन् । उनले भनिन्, “अझै पनि नारीको भौतिक शरीर र हावभावको बयान यस पुस्तकभित्रको कमजोरी हो यधपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ ।” फिजी भाषामा यालीको अर्थ हराएको, लोप भएको भन्ने हुने भएकाले पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढङ्गले उठाएको उनको भनाइ थियो ।

उपन्यासकार निष्प्रभ सजीले आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए । कलकत्ता र फिजी पुगेर तथ्य सङ्कलन गरी उपन्यास लेखिएको बताउँदै उनले भने, “फरक स्वाद दिने कोसिस गरेको छु, पाठकले मन पराउनुहुनेछ ।”
२८४ पृष्ठको उपन्यासलाई बुकहिल प्रब्लिकेशनले बजरमा ल्याएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट