नारायणगढ, १ माघ।
माघे संक्रान्तिको अवसरमा दियालो आमा समूहले नारायणगढस्थित गौरेश्वर पशुपति मन्दिर परिसरमा निःशुल्क चिया वितरण गरेको छ ।
नारायणी नदीमा स्नान गर्न आउने भक्तजनहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समूहकी अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा तथा शुभद्रा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।
स्वर्गीय विष्णु माया घिमिरेको स्मृतिमा आयोजना गरिएको उक्त कार्यक्रम घिमिरे परिवारको सहयोगमा सम्पन्न भएको हो । दियालो आमा समूहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।





