पुरानै राजनीति कि नयाँ नेतृत्व ? चितवन–३ मा विशाल कोइरालाको चर्चा चुलिँदै

चितवन, १ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी बढेको छ । परिवर्तनको अपेक्षामा रहेका आम मतदाताको ध्यान पुनः चितवनतर्फ केन्द्रित भएको छ । गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई पराजित गर्दै […]

कृषि प्रविधिको महाकुम्भ : चितवनमा शुक्रबारदेखि आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो

चितवन, १ माघ । कृषि प्रविधिको प्रदर्शन तथा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवनमा आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गते शुक्रबारदेखि सुरु हुँदैछ । उक्त एक्स्पोको उद्घाटन वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुनेछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा यही माघ २ […]

दियालो आमा समूहको निःशुल्क चिया

नारायणगढ, १ माघ। माघे संक्रान्तिको अवसरमा दियालो आमा समूहले नारायणगढस्थित गौरेश्वर पशुपति मन्दिर परिसरमा निःशुल्क चिया वितरण गरेको छ । नारायणी नदीमा स्नान गर्न आउने भक्तजनहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समूहकी अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा तथा शुभद्रा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो । स्वर्गीय विष्णु माया […]

प्रदेश प्रहरी कार्यालयलाई ३० वटा मोटरसाइकल प्रदान

मकवानपुर, १ माघ । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । प्रदेश प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त मोटरसाइकल हस्तान्तरण गरिएको हो । आन्तरिक मामिला तथा […]

प्रदेश गौरवका ३२ वटा आयोजना छनौट

मकवानपुर, १ माघ । बागमती प्रदेश सरकारले बैठकले ‘प्रदेश गौरवका ३२ वटा आयोजना’ छनोट गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को  बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयहरूले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनालाई पारित गरेको हो । सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरूलाई गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक […]