चितवनमा माघ २ गतेदेखि एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

चितवन, ३० पुस ।
चितवनमा कृषि प्रविधि प्रदर्शन र उत्पादन प्रवर्द्धनको उद्देश्यले `नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो–२०८२´ आयोजना हुन लागेको छ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा यो एक्स्पो माघ २ देखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार, तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका कृषि सम्बन्धी १०० भन्दा बढी स्टलहरू रहनेछन् । हाल स्टल बुकिङ पूर्ण भइसकेको छ र तयारी अन्तिम चरणमा छ ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, डेरी व्यवसाय, कृषिऔजार, कृषि यन्त्र, पशु स्वास्थ्य, खाद्य प्रविधि, फुड प्रोसेसिङ, मल, बीउ–बिजन, कृषि तालिम र वित्तीय समाधानसम्बन्धी जानकारी उपलब्ध हुने छ । प्रदर्शनीले साना कृषिऔजारदेखि ठूला मेसिनरीसम्म प्रत्यक्ष प्रदर्शन, डेमो र परामर्श सेवा प्रदान गर्नेछ ।
भट्टराईले भने – `यस एक्स्पो केवल प्रदर्शनीमा सीमित नरहेर कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, बजार प्रवर्द्धन र व्यावसायिक सहकार्यको प्रभावकारी प्लेटफर्म बन्ने हाम्रो अपेक्षा हो ।´

आयोजकहरूको विश्वास छ कि एक्स्पोले नेपालमा कृषि क्षेत्रका लागि नवीनतम प्रविधि र सेवाको पहिचानमा सहयोग पुर्‍याउनेछ, जसबाट कृषिउत्पादन वृद्धि र दीर्घकालीन रूपमा आत्मनिर्भरता हासिल गर्न सकिनेछ ।
प्रदर्शनीमा व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता र विद्यार्थीहरूले व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन र नेटवर्किङको अवसर पाउनेछन् । प्रवेश निःशुल्क हुनेछ ।

चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले भने – `यस प्रकारका प्रदर्शनीले कृषिऔजार, यान्त्रीकरण र नवीन प्रविधिमार्फत नेपालका कृषकलाई उत्पादनमुखी, किफायती, व्यावसायिक र आत्मनिर्भर बनाउन सहयोग गर्छ ।´

कार्यक्रममा फ्युचुरेक्सका उपनिर्देशक मुवसिर इलाही, मिडिया स्पेसका निर्देशक सौरव रजौरिया र प्रताप सिंह विष्टको समेत सहभागिता थियो ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र चितवन उद्योग संघ यस एक्स्पोका प्रमुख सहयोगी संस्थाहरू हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट