आरम्भ कलेजमा अनुसन्धान विधि तालिम सम्पन्न

भरतपुर, १४ वैशाख ।

भरतपुरस्थित आरम्भ कलेजले आयोजना गरेको तीन दिने ‘अनुसन्धान विधि’ सम्बन्धी तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी ३५ जनाभन्दा बढीको सहभागिता थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएचएम र बिआइटीएम कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले उच्च शिक्षामा अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। तालिममा चितवनका १५ भन्दा बढी निजी तथा सामुदायिक कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

तालिमका क्रममा सहभागीहरूलाई अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, प्रतिवेदन लेखन र अनुसन्धानमा अपनाउनुपर्ने नैतिकता जस्ता विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा एसोसिएट प्रोफेसर डा। हरिप्रसाद अधिकारी, डा। प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुङ्गाना र डा. गुणराज क्षेत्रीले विभिन्न सत्रहरूमा सहजीकरण गर्नुभएको थियो ।

कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धानकर्ताहरूको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई आवश्यक सहयोग प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “उच्च शिक्षामा अनुसन्धानलाई प्रोत्साहन गर्न हामीले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिनेछौँ,” उहाँले भन्नुभयो ।

समापन समारोहका प्रमुख अतिथिले ज्ञान, नवप्रवर्तन र सामाजिक विकासका लागि अनुसन्धान अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गरिएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library