रास्वपाले एकतर्फी रूपमा पार्टी एकता भङ्ग गर्‍यो : कुलमान घिसिङ

काठमाडौँ, २६ पुस
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकतर्फी रूपमा पार्टी एकता भङ्ग गरेको आरोप लगाएका छन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता भङ्ग भएकोप्रति दुःख व्यक्त गर्दै घिसिङले एकता भएको १२ दिनमै रास्वपाले एकतर्फी रूपमा एकता नगर्ने निर्णय लिएको दाबी गरे ।

एकता भङ्ग भएसँगै घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू अत्यन्तै लचक हुँदा पनि संघीयता, समावेशिता तथा आफ्ना केही साथीहरूको समायोजनको विषयमा सहमति जुट्न नसकेको बताए ।
‘उहाँहरूले एकतर्फी रूपमा एकता तोड्नुभयो । त्यसैले हामी पनि आज आफ्नै तरिकाले अघि बढ्ने तयारीमा लागेका छौँ,’ उनले भने । घिसिङले देशभर आफ्ना उम्मेदवार उठाउने योजना रहेकोसमेत जानकारी दिए ।

पदको बार्गेनिङ गरिएको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत भएको दाबी गर्दै उनले आफू साधारण सदस्य भएर बस्नसमेत तयार रहेको बताए ।

‘हाम्रा साथीहरूले कुनै ठूलो माग राखेका थिएनन् । पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको कुरा गलत हो,’ उनले भने, ‘म आफैँ उपाध्यक्ष भएर पनि वरियतामा धेरै तल रहेर सहेर गएको हुँ । मैले साधारण सदस्य भएर बस्न तयार छु, हाम्रा साथी केन्द्रीय सदस्यहरूका विषयमा केही व्यवस्थापन गरिदिनुपर्छ भनेको मात्रै हो । यो कुनै ठूलो विषय थिएन ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट