इरानको सडक युद्ध : प्रदर्शनकारी–सुरक्षा बल द्वन्द्व बढ्दो

इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखे पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्यालीहरू देखिएका छन् । मानव अधिकार समूह र सीमित भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएको छ । इन्टरनेट र सञ्चार सेवा अवरुद्ध देशमा इन्टरनेट […]
रत्ननगरमा बृद्धाको क्रूर हत्या

चितवन, २६ पुस । चितवनको रत्ननगर नगरपालिका –४ मा शनिबार बिहान एक हृदयविदारक घटना घट्यो । ६८ वर्षीया सुकमायादेवी तामाङ घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परिन् । शनिबार बिहान पौने ११ बजे पनि घरबाहिर नआएपछि छिमेकीहरूले ढोका खोल्दा उनी अस्तित्वहीन अवस्थामा भेटिइन् । घरभित्रको अवस्था अस्तव्यस्त थियो । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक जाँचले यो […]
जब्का महतान पटिदारीको साधारणसभा र अधिवेशन सम्पन्न

चितवन, २६ पुस । चितवनको थारू समुदायअन्तर्गत पर्ने जब्का महतान पटिदारीले आफ्नो २९औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । बंशावली, सामाजिक एकता, पहिचान संरक्षण र भावी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समुदायका थुप्रै सदस्यहरूको उल्लेख्य सहभागिता रह्यो । कार्यक्रमको अध्यक्षता आशाराम महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका […]
रास्वपाले एकतर्फी रूपमा पार्टी एकता भङ्ग गर्यो : कुलमान घिसिङ

काठमाडौँ, २६ पुस उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकतर्फी रूपमा पार्टी एकता भङ्ग गरेको आरोप लगाएका छन् । रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता भङ्ग भएकोप्रति दुःख व्यक्त गर्दै घिसिङले एकता भएको १२ दिनमै रास्वपाले एकतर्फी रूपमा एकता नगर्ने निर्णय लिएको दाबी गरे । एकता भङ्ग भएसँगै घिसिङ उज्यालो […]
रत्ननगरमा ‘रक्तदाताको नगर’ सन्देश प्रवाह गर्ने सूचना बोर्ड स्थापना

चितवन, २६ पुस ‘रक्तदाताको नगर रत्ननगर’ भन्ने सन्देशसहितको वातावरणमैत्री सूचना बोर्ड अनावरण गरिएको छ । भरतपुरतर्फबाट रत्ननगर प्रवेश गर्ने क्रममा महेन्द्र राजमार्ग अन्तर्गत टिकौलीस्थित वरण्डाभार क्षेत्रको राजमार्ग किनारमा उत्तरतर्फ यो बोर्ड स्थापना गरिएको हो । १३औँ संस्करणको रत्ननगर महोत्सवको अवसरमा स्थापना गरिएको उक्त बोर्डले रत्ननगर भ्रमण गर्ने सर्वसाधारणलाई सकारात्मक सन्देश दिनुका साथै रक्तदाताहरूलाई थप उत्प्रेरित […]
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाको अधिवेशन हुँदै

दक्षिण कोरिया, २६ पुस । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको ८औँ अधिवेशन आइतबार हुने भएको छ । अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनुहुनेछ । त्यसैगरी, विशेष अतिथिका रूपमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य पनि कार्यक्रममा जोडिनुहुनेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कार्यबाहक […]
सौराहामा थारु समाज, संस्कृति र साहित्य बारे विमर्श

सौराहा, २६ पुस । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा शनिबार सौराहामा `थारु समाज, संस्कृति र साहित्य : कार्यशाला गोष्ठी´ गरिएको छ । सौराहास्थित थारु इथनिक रिसोर्टमा गरिएको कार्यक्रम तीनवटा सत्रमा सञ्चालन भयो । पहिलो सत्रमा ३० वर्षदेखि नेपालमा बसिरहेका रोबर्टसनले थारु जातिको इतिहास र थारु समाजको बारेमा आफूले अनुभव गरेका कुराहरू प्रस्तुत गरे । थारु […]