दक्षिण कोरिया, २६ पुस ।
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको ८औँ अधिवेशन आइतबार हुने भएको छ । अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनुहुनेछ ।
त्यसैगरी, विशेष अतिथिका रूपमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य पनि कार्यक्रममा जोडिनुहुनेछ ।
अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कार्यबाहक अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभएको छ ।
अधिवेशन कार्यक्रम आइतबार मध्याह्नदेखि सुरु हुनेछ ।





