रत्ननगरमा ‘रक्तदाताको नगर’ सन्देश प्रवाह गर्ने सूचना बोर्ड स्थापना

चितवन, २६ पुस
‘रक्तदाताको नगर रत्ननगर’ भन्ने सन्देशसहितको वातावरणमैत्री सूचना बोर्ड अनावरण गरिएको छ । भरतपुरतर्फबाट रत्ननगर प्रवेश गर्ने क्रममा महेन्द्र राजमार्ग अन्तर्गत टिकौलीस्थित वरण्डाभार क्षेत्रको राजमार्ग किनारमा उत्तरतर्फ यो बोर्ड स्थापना गरिएको हो ।

१३औँ संस्करणको रत्ननगर महोत्सवको अवसरमा स्थापना गरिएको उक्त बोर्डले रत्ननगर भ्रमण गर्ने सर्वसाधारणलाई सकारात्मक सन्देश दिनुका साथै रक्तदाताहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको ब्लड डोनर सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले शनिबार आयोजित एक कार्यक्रमका बीच बोर्डको औपचारिक रूपमा अनावरण गर्नुभयो । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक सोहेन्द्रराज खरेल, ब्लड डोनर सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजसेवी बलराम खनालको विशेष उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट