अमर माविमा `म पनि पढ्छु´

भरतपुर, २५ पुस ।
विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को १६ औँ शृङ्खला अमर माध्यमिक विद्यालय भरतपुर -२२ पदमपोखरी, पटिहानी, चितवनमा गरिएको छ ।

शुक्रबार विद्यालय समयमा गरिएको कार्यक्रममा कक्षा ५ देखि १२ सम्मका १९ जना विद्यार्थीले आफूले पढेका किताबको चर्चा गरे । विद्यार्थीलाई २ हप्ता अगाडि नै किताब उपलब्ध गराएर किताबको चर्चा गर्न जिम्मेवारी दिइएको थियो । सोही अनुरुप शुक्रबारको विशेष कार्यक्रममा विद्यार्थीले आफ्नो प्रस्तुति राखेका हुन् ।

काम सुजिता घलेले `फेक आइडी´, प्रसंशा आचार्यले `अजिब मान्छे´, निकेश गुरुङले `स्पर्श´, दिव्या न्यौपानेले `टुकी´, रुबिना धमलाले `आमा नभएको घर´, अपेक्षा अधिकारीले `आवरण´, गङ्गा भण्डारीले `भुसको आगो´, पूजा अधिकारीले `टुवरा´, अञ्जलि वाग्लेले `अडिएका पाइला´, दिया आचार्यले `बतासा´, इन्दिरा मर्दनियाले `साया´, सुमिना सुनारले `फातसुङ´, सुप्रिया सुवेदीले `फिर्ती´, निरुषा अधिकारीले बहिर्गमन, अर्पिता भण्डारीले `फाइभ मन्थ्स´, सन्ध्या सहानीको `अदृश्य क्षितिज´, आयुष्मा सुनारले `दलदल´ र स्माइल आलमले `बाबू, आमा र छोरा´ किताबका बारेमा पाठकीय टिप्पणी राखेका थिए ।

राम्रो प्रस्तुति दिने निरुषा अधिकारी, दिया आचार्य, प्रसंशा आचार्य र दिव्या न्यौपानेलाई प्रमुख अतिथि उदय अधिकारी र प्रधानाध्यापक बुद्धिमान शर्माले पुरस्कार प्रदान गरेका थिए । कक्षा १० का विद्यार्थी कृपा पराजुली र शिव पराजुलीले कार्यक्रमलाई सहजीकरण गरेका थिए । पत्रकार सूर्यप्रकाश कँडेल र पठन संस्कृति अभियन्ता लेखराम सापकोटाले पठन संस्कृतिको महत्त्वका बारेमा मन्तव्य राखेका थिए । शिक्षक मनोज चौधरीले कार्यक्रमलाई संयोजन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट