अमर माविमा `म पनि पढ्छु´

भरतपुर, २५ पुस । विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को १६ औँ शृङ्खला अमर माध्यमिक विद्यालय भरतपुर -२२ पदमपोखरी, पटिहानी, चितवनमा गरिएको छ । शुक्रबार विद्यालय समयमा गरिएको कार्यक्रममा कक्षा ५ देखि १२ सम्मका १९ जना विद्यार्थीले आफूले पढेका किताबको चर्चा गरे । विद्यार्थीलाई २ हप्ता अगाडि नै किताब उपलब्ध गराएर […]

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं, २५ पुस । ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ । ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई अझ मर्मस्पर्शा बनाएको छ । गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । […]

आजदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै

काठमाडौं, २५ पुस । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ । निर्वाचन […]