गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं, २५ पुस ।

ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ ।

ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई अझ मर्मस्पर्शा बनाएको छ ।

गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक भएलगत्तै गीत श्रोतामाझ चर्चा पाउन थालेको छ ।

गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ ।

यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन् । शिला खनालले २०७५ मा राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै मनमा बि राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका गीतकार राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन् । हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन् । उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन् ।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन् । लघुकथाको उन्नयनमा सक्रिय उनी ‘लघुकथा सौन्दर्य’ का संस्थापक हुन् । उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन् ।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभव बटुलेका छन् ।

नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट