चितवनमा रत्ननगर महोत्सव : जानकी मन्दिरको प्रतिरूप मुख्य आकर्षण

चितवन, २३ पुस ।
यस वर्षको रत्ननगर महोत्सवमा चितवनमै निर्माण गरिएको जानकी मन्दिरको प्रतिरूप प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । मिथिलाको सांस्कृतिक पहिचान झल्काउने उक्त मन्दिर अवलोकन गर्न दैनिक हजारौँ दर्शक महोत्सवस्थलमा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवका संयोजक तथा रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरीका अनुसार, कलात्मक झ्यालढोका, रंगीन नक्काशी र धार्मिक महत्व बोकेको यो संरचनाले सबैको ध्यान आकर्षित गर्नेछ ।
आयोजकहरूले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ जानकी मन्दिरको प्रतिरूप निर्माण गरेको बताउँदै स्थानीय कला, संस्कृति र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

महोत्सवमा जानकी मन्दिरसँगै स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालनमा छन् । सहभागी दर्शकहरूले महोत्सवले धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिलाई चलायमान बनाएको प्रतिक्रिया दिएका छन् ।
महोत्सव पुस २५ गते शुक्रबारदेखि सुरु हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट