चितवनमा रत्ननगर महोत्सव : जानकी मन्दिरको प्रतिरूप मुख्य आकर्षण

चितवन, २३ पुस । यस वर्षको रत्ननगर महोत्सवमा चितवनमै निर्माण गरिएको जानकी मन्दिरको प्रतिरूप प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । मिथिलाको सांस्कृतिक पहिचान झल्काउने उक्त मन्दिर अवलोकन गर्न दैनिक हजारौँ दर्शक महोत्सवस्थलमा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवका संयोजक तथा रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरीका अनुसार, कलात्मक झ्यालढोका, रंगीन नक्काशी र धार्मिक महत्व […]
कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं, २३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए । घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् […]
गगन–विश्वप्रकाशले बोलाए कांग्रेसको विशेष महाधिवेशन, पार्टीले भन्यो – ‘विधानविपरीत’

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन् । महामन्त्रीद्वयले जारी गरेको वक्तव्यमा उल्लेख छ कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेको दाबी गरिएको छ । उनीहरूले भने, “विधानबमोजिम कारणसहित माग गरिएको महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन […]
काठमाडौं फेदी जङ्गलमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं, २३ पुस । काठमाडौंको शंखरापुर नगरपालिका फेदी जङ्गलमा बुधबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर जर्सिङपौवाबाट साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार, बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको […]
मन्त्रीबाट राजीनामा दिने तयारीमा कुलमान घिसिङ

काठमाडौं, २३ पुस । चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ । घिसिङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति बन्ने घोषणा भएपछि घिसिङलाई राजीनामा दिन दबाव बढेको […]
उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई मास्के पुस्तक भण्डारद्वारा उपहार प्रदान

भरतपुर, २३ पुस । चितवन जिल्लाको पुरानो र प्रतिष्ठित मास्के पुस्तक भण्डारले आफ्ना ग्राहकलाई विशेष उपहार प्रदान गरेको छ । वर्षभरिमा धेरै र उत्कृष्ट कारोबार गर्ने ग्राहकका लागि विशेष उपहार प्रदान गरिएको सञ्चालक सरोज मास्केले बताउनुभयो । मास्के पुस्तक भण्डार जिल्लाको पुरानो मध्येको एक हो । पछिल्लो वर्षमा विशेषगरी खुद्रा कारोबार गर्ने पसलहरुलाई लक्षित गरेर […]
गैँडाकोट महोत्सवमा जनजाति समुदायको सहभागिता सुनिश्चित

गैँडाकोट, २३ पुस । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटले चौथो गैँडाकोट महोत्सव २०८२ मा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ । महासंघले बुधबार एक औपचारिक जानकारी पत्र जारी गर्दै यस विषयमा स्पष्टोक्ति दिएको हो । महासंघका अनुसार यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवमा सुरुमा औपचारिक सहभागिता […]
राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमती प्रदेशबाट ६ जनाको मनोनयन दर्ता

मकवानपुर, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाको मनोनयन दर्ता भएको छ । बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभाका २ रिक्त सिटका लागि ४ राजनीतिक दलका ६ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयमा बुधबार नेकपा एमालेबाट १ जना, नेपाली कांग्रेसबाट १ जना, […]