कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं, २३ पुस ।
ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।

घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए ।

घिसिङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी ३ वटा मन्त्रालयको जिम्मेवारी लिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट