गगन–विश्वप्रकाशले बोलाए कांग्रेसको विशेष महाधिवेशन, पार्टीले भन्यो – ‘विधानविपरीत’

काठमाडौं, २३ पुस ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन् ।

महामन्त्रीद्वयले जारी गरेको वक्तव्यमा उल्लेख छ कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेको दाबी गरिएको छ । उनीहरूले भने, “विधानबमोजिम कारणसहित माग गरिएको महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई दिएको छैन ।”

केन्द्रीय कार्यसमितिले पनि महाधिवेशन आह्वान गर्न प्रयास गरेको भए तापनि सम्भव नभएको र यस अवस्थामा विधानसम्मत माग बेवारिसे हुन नहुने उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “महाधिवेशन आफैँ क्रियाशील हुन्छ ।”
तर पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भने विशेष महाधिवेशनलाई विधानविपरीत करार गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ:
“पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र छ । त्यसैले व्यक्तिगत रूपमा बोलाइएको महाधिवेशन वा विशेष महाधिवेशनका नाममा हुने गतिविधि पार्टीको विधानविपरीत हुनेछ । यस प्रकारका गतिविधिमा संलग्न नहुन सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ र शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library