काठमाडौं फेदी जङ्गलमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं, २३ पुस ।

काठमाडौंको शंखरापुर नगरपालिका फेदी जङ्गलमा बुधबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

वनभोज खाएर जर्सिङपौवाबाट साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार, बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ ।

प्रहरी र उद्धार टोलीहरूले मृतकहरूको परिचय सार्वजनिक गर्ने तयारी गरिरहेका छन् भने घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रहरीले दुर्घटनाको कारणको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट