मन्त्रीबाट राजीनामा दिने तयारीमा कुलमान घिसिङ

काठमाडौं, २३ पुस ।
चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ ।

घिसिङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति बन्ने घोषणा भएपछि घिसिङलाई राजीनामा दिन दबाव बढेको थियो ।

पत्रकार सम्मेलन गरी आजै राजीनामा दिने तयारी घिसिङले गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट