भरतपुर, २३ पुस ।
चितवन जिल्लाको पुरानो र प्रतिष्ठित मास्के पुस्तक भण्डारले आफ्ना ग्राहकलाई विशेष उपहार प्रदान गरेको छ । वर्षभरिमा धेरै र उत्कृष्ट कारोबार गर्ने ग्राहकका लागि विशेष उपहार प्रदान गरिएको सञ्चालक सरोज मास्केले बताउनुभयो ।
मास्के पुस्तक भण्डार जिल्लाको पुरानो मध्येको एक हो । पछिल्लो वर्षमा विशेषगरी खुद्रा कारोबार गर्ने पसलहरुलाई लक्षित गरेर मास्के पुस्तक भण्डारले उपहार दिँदै आएको छ । यसवर्ष २०८२ सालमा धेरै कारोबार गरेको आधारमा विभिन्न पसललाई पुरस्कृत गरिएको सञ्चालक मास्केले बताउनुभयो । यसपटक हिउँदको सेरोफेरोमा हिटर प्रदान गरिएको उहाँले बताउनुभयो ।
उपहार पाउनेहरूमा न्यु जनता पुस्तक पसल पोखरा बसपार्क, पूर्णिमा पुस्तक पसल भरतपुर, श्री शुभलाभ स्टेसनरी गैंडाकोट, अग्रिम बुक्स एण्ड स्टेसनरी दुर्गाचोक, इन्फिनिट बुक्स हाकिमचोक, सार्थक बुक्स एण्ड स्टेसनरी शरदपुर, स्टुडेन्ट बुक्स एण्ड स्टेसनरी कटहरचोक, विद्या बुक्स एण्ड स्टेसनरी हाकिमचोक, ढकाल पुस्तक पसल सप्तगण्डकीचोक, सम्पूर्ण किताब नारायणगढ, न्यू रोशनी सप्लायर्स हाकिमचोक, कामना पुस्तक पसल बालकुमारी क्याम्पस गेट, विश्व पुस्तक पसल धर्मचोक, बेल्चोक बुक्स एण्ड स्टेसनरी, न्यू गण्डकी पुस्तक पसल भरतपुर, सप्तगण्डकी पुस्तक पसल भरतपुर, विद्यार्थी पुस्तक भण्डार भरतपुर, कञ्चन पुस्तक पसल जगतपुर, जनसेवा पुस्तक पसल तेलौली, न्यू शुभकामना पुस्तक पसल माडी र एमपी बुक्स भरतपुर रहेका छन् ।





