गैँडाकोट महोत्सवमा जनजाति समुदायको सहभागिता सुनिश्चित

गैँडाकोट, २३ पुस ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटले चौथो गैँडाकोट महोत्सव २०८२ मा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ । महासंघले बुधबार एक औपचारिक जानकारी पत्र जारी गर्दै यस विषयमा स्पष्टोक्ति दिएको हो ।

महासंघका अनुसार यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवमा सुरुमा औपचारिक सहभागिता नहुने आशयको पत्र पठाइएको थियो । तर महोत्सव मूल आयोजक टिमसँग भएका पछिल्ला छलफल, विगतमा देखिएका केही त्रुटि र गलतफहमीबारे गहन समीक्षा तथा उद्योग वाणिज्य संघसँगको समन्वयपछि महोत्सवमा सहभागिता जनाउने निर्णय गरिएको महासंघले जनाएको छ ।
यसअघि महासंघले रेडियो संकेत लगायतका सञ्चारमाध्यमलाई बोधार्थ गराउँदै पत्र संख्या ०५२/०५३ र च.नं. ०६४ मिति २०८२/०९/१७ को पत्रमार्फत औपचारिक सहभागिता नहुने जानकारी गराएको थियो । तर पछिल्लो सहमति र छलफलपछि उद्योग वाणिज्य संघको पत्र संख्या ०५२/०५३ च.नं. २१० अनुसार सहमति जनाउँदै महोत्सवमा सक्रिय सहभागिता रहने निर्णय गरिएको महासंघले स्पष्ट पारेको छ ।

महासंघले चौथो गैँडाकोट महोत्सवलाई भव्य र सफल बनाउन आवश्यक सहकार्य गर्ने विश्वास व्यक्त गर्दै आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति र सक्रिय सहभागितामार्फत महोत्सवलाई थप अर्थपूर्ण बनाइने जनाएको छ ।
उक्त जानकारी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटका अध्यक्ष नरबहादुर थापा मगर (नरेश) ले हस्ताक्षर गरी जारी गर्नुभएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट