चितवन, १४ पुस ।
माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी) परित्याग गरेपछि लम्साल सामाजिक अभियान तथा जेन-जी आन्दोलनमा सरिक रहँदै आउनुभएको छ । स्वतन्त्र नागरिकको हैसियतमा भ्रष्टाचारविरोधी अभियान, सामाजिक रूपान्तरण तथा जनजीविकाका सवालमा सक्रिय रहँदै आउनुभए पनि यस अवधिमा उहाँ रास्वपा र बालेन विचारसँग भावनात्मक रूपमा नजिक रहँदै आउनुभएको बताइन्छ ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लम्सालले कुनै पदको आकांक्षा नराखी रास्वपामा प्रवेश गर्ने उल्लेख गर्नुभएको हो । “मलाई कुनै ठूलो पद चाहिँदैन । सबैभन्दा कनिष्ठ सदस्यका रूपमा युवाहरूको आशा बोकेर रास्वपामा जोडिँदैछु,” उहाँले लेख्नुभएको छ । माडी नगरपालिका वडा नम्बर – ४ निवासी लम्सालले रास्वपाका वडा सभापतिको हातबाट औपचारिक रूपमा पार्टी सदस्यता लिने जनाउनुभएको हो ।





