स्वर्णलक्ष्मीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन, १४ पुस । “मेरो विश्वास, मेरो भविष्य अनि मेरो सुरक्षित बचत” भन्ने मूल नाराका साथ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुर–११, जागृति चोकस्थित धावन पार्टी प्यालेसको सभा हलमा आयोजित साधारण सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णकुमार तामाङले गर्नुभएको थियो । कार्यक्रममा सचिव चेतनाथ […]
सुनचाँदी व्यवसायी सङ्घ पश्चिम चितवनको साधारणसभा सम्पन्न

चितवन, १४ पुस । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवन–पश्चिम चितवन इकाई नम्बर २ को प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सङ्घ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्य र वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकको विशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष विश्वकर्माले सङ्घ सुनचाँदी व्यवसायीहरूको अभिभावक संस्था भएको उल्लेख गर्दै सबैको सुख–दुःखमा […]
रास्वपा प्रवेश गर्दै चितवनका युवा अभियन्ता लम्साल

चितवन, १४ पुस । माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ । तत्कालीन नेकपा (एकीकृत समाजवादी) परित्याग गरेपछि लम्साल सामाजिक अभियान तथा जेन-जी आन्दोलनमा सरिक रहँदै आउनुभएको छ । स्वतन्त्र नागरिकको हैसियतमा भ्रष्टाचारविरोधी अभियान, सामाजिक रूपान्तरण तथा जनजीविकाका सवालमा सक्रिय रहँदै आउनुभए […]
मातृभूमिले ६ जनालाई सम्मान गर्दै

मकवानपुर, १४ पुस । मातृभूमि साहित्य समाज मकवानपुरले हेटौंडामा पुष १९ गते शनिबार ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे छ । मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित हुने भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, […]