मातृभूमिले ६ जनालाई सम्मान गर्दै

मकवानपुर, १४ पुस ।
मातृभूमि साहित्य समाज मकवानपुरले हेटौंडामा पुष १९ गते शनिबार ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे छ ।

मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित हुने भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, २०८१ बाट साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम सम्मानित हुने भंएका छन् । २५ हजार रुपैयाँ राशिकाे उक्त पुरस्कार गौतमलाई प्रदान गर्न लागिएकाे समाजका सचिव किशन पौडेलले बताए ।

यसैगरी नित्य गोविन्द स्मृति-मातृभूमि सङ्गीत पुरस्कार, २०८१ गायिका कुन्ट्टी मोक्तानलाई सम्मानित गरिने भएकाे छ । २५ हजार रुपैयाँ राशिकाे उक्त पुरस्कार नेपाली सुगम संगीतकी सुप्रसिद्ध गायिका मोक्तानलाई प्रदान गरिने उनले जानकारी दिए । यस्तै २१ हजार रुपैयाँ राशिकाे मायादेवी मातृभूमि पुरस्कार, २०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपैयाँ राशिकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०८१ बाट युवा कवि रोशन परियार तथा १० हजार रुपैयाँ राशिकाे शारदा उप्रेती स्मृति मातृभूमि सम्मान २०८१ बाट कला-साधक जीवन के.सी. सम्मानित हुने भएका छन् ।

नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएकाे मातृभूमि साहित्य समाजले विभिन्न विधामा १७ वटा पुरस्कार एवम् सम्मान समर्पण गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library