बालकुमारीका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

भरतपुर, ८ पुस ।

बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा मङ्गलबार स्वास्थ्य शिविरको आयोजना गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । बालमाविद् समूह २०३९ को प्रायोजन र कलेज अफ मेडिकल साइन्सेज्को प्राविधिक सहयोगमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले स्वास्थ्य शिविर आयोजना गरेको हो ।

स्वास्थ्य शिविर उद्घाटन समारोहका प्रमुख अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले विद्यार्थीहरुका लागि स्वास्थ्य शिविरको आयोजना हुनु प्रशंसनीय काम भएको बताए । उनले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका लागि सहयोग गर्न वडा कार्यालय सधैँ तयार रहेको बताउँदै आवश्यक सहयोग पनि गरिरहेको जानकारी दिए ।

बालकुमारी माध्यमिक विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण पूर्वविद्यार्थीहरुको समूह बालमाविद् समूह २०३९ का अध्यक्ष बद्री खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराई, बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सञ्चालन शिक्षक सुरेन्द्र अस्तफलले गरेका थिए ।

स्वास्थ्य शिविरमा विद्यार्थी, शिक्षक र कर्मचारी गरेर करिब २ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले जानकारी दिए । कलेज अफ मेडिकल साइन्सेज्का प्रबन्धक दुर्गा न्यौपानेको नेतृत्वमा आएका सोही अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुले नाक, कान, घाँटी, दाँत र मुटुरोगको परीक्षण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट