बालकुमारीका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

भरतपुर, ८ पुस । बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा मङ्गलबार स्वास्थ्य शिविरको आयोजना गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । बालमाविद् समूह २०३९ को प्रायोजन र कलेज अफ मेडिकल साइन्सेज्को प्राविधिक सहयोगमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले स्वास्थ्य शिविर आयोजना गरेको हो । स्वास्थ्य शिविर उद्घाटन समारोहका प्रमुख अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज […]
राप्रपा मकवानपुरद्वारा सिंहको एकल नाम सिफारिस

मकवानपुर, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ काे लागि दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेकाे छ । आगामी २१ फागुनकाे लागि ताेकिएकाे निर्वाचनकाे लागि राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो । बैठकले समानुपातिकतर्फ उमेश […]
ललितकलासम्बन्धी पाँचदिने प्रदर्शनी माघमा

गैँडाकोट, ८ पुस । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा माघ १५ गतेदेखि पाँच दिनसम्म गैँडाकोटमा ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ आयोजना हुने भएको छ । आयोजकद्वयले मङ्गलबार गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिएका हुन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीमा गण्डकी प्रदेशका ११ […]
कालिका विद्यापीठमा अनुसन्धान प्रशिक्षण

गैंडाकोट, ८ पुस । कालिका संस्कृत विद्यापीठ गैंडाकोटमा अनुसन्धान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनुसन्धान व्यवस्थापन समिति कालिका संस्कृत विद्यापीठको आयोजना तथा नेपाली तथा अङ्ग्रेजी विभागको संयोजनमा शास्त्री तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रारम्भिक चरणको अनुसन्धान लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनुसन्धान व्यवस्थापन समितिका संयोजक तथा पूर्व प्राचार्य सहप्राध्यापक डाक्टर रामचन्द्र कँडेलको […]
`निर्गम´उपन्यासले उठाएको कुरा कति उपयोगी छ ?

रमेश प्रभात उपप्राध्यापक, वीरेन्द्र बहुमुखी, क्याम्पस, भरतपुर, चितवन । (रत्ननगर वाङ्मय प्रतिष्ठान, रत्ननगर, चितवनले प्रकाशित गरेको उपन्यासकार गोकर्ण मल्लको दोस्रो उपन्यास ‘निर्गम’ (२०८२) नेपालबाट विदेश पलायन हुने युवाहरुको कथा हो । आकारगत रुपमा यसले कूल १७२ पृष्ठको मझौला खालको आयाम ओगटेको छ । नेपालका विशेषतः ग्रामीण भेगका रुपमा परिचित गोरखाको कथा भन्दै सिङ्गो नेपालमा फैलिँदै […]