राप्रपा मकवानपुरद्वारा सिंहको एकल नाम सिफारिस

मकवानपुर, ८ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ काे लागि दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेकाे छ ।

आगामी २१ फागुनकाे लागि ताेकिएकाे निर्वाचनकाे लागि राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

बैठकले समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ ।

यस्तै बैठकले सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिराकुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम समेत सिफारिस गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट