चितवन, ३ पुस ।
ऊर्जा तथा जलस्रोत मन्त्री माननीय कुलमान घिसिङको प्रमुख आतिथ्यमा उज्यालो नेपाल पार्टी, चितवनको बिस्तृत जिल्ला भेला आयोजना हुने भएको छ ।
सुशासन, समृद्धि र सामाजिक न्यायको नारासहित आयोजना हुन लागेको उक्त भेलामा पार्टी संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था तथा पूर्वाधार क्षेत्रका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
भेला पुस ५ गते शनिबार बिहान ११ बजे सेरेन बुटिक होटल, भरतपुर–९, पारस बसपार्क, चितवनमा हुने छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ ।





