हंस बहुउद्देश्यीय सहकारीका तीन सेवाकेन्द्रको इकाई बैठक सम्पन्न

भरतपुर, २५ मङ्सिर ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा अन्तर्गत मङ्सिर २५ गते, बिहीबार विभिन्न सेवाकेन्द्रका सेयर सदस्यहरूको इकाई बैठक सम्पन्न भएको छ । टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रमा आयोजित बैठकहरूमा संस्थाको वार्षिक प्रगति, आर्थिक व्यवस्थापन र आगामी योजना सम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको थियो ।

टाँडी सेवाकेन्द्रको बैठक रत्ननगर–१, टाँडीस्थित होटल गंगोत्री हाइवे परिसरमा टाँडी सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक समिति सदस्य सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अवसरमा संस्थाका अध्यक्ष दिनेशकुमार चुके संस्थाको गतिविधि, वार्षिक प्रगति तथा सदस्यको भूमिकाबारे प्रकाश पार्दै सहकारीलाई पारदर्शी, जिम्मेवार र समुदायमैत्री संस्थाका रूपमा अघि बढाउन सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरु प्रा.डा. होमनाथ सापकोटा, अनिता मैनाली र देशबन्धु अधिकारीले सहकारीको दिगोपनाबारे धारणा राखेका थिए ।

शिक्षा उपसमिति सदस्य बिदुर के.सी., बचत बृद्धि उपसमिति सदस्य विश्वबन्धु अधिकारीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य टाँडी सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य शंकर पौडेलले राखेका थिए । सोही उपसमितिका सदस्यहरू बिष्णु नारायण श्रेष्ठ, मीना अधिकारी र सुरेशजंग पाण्डेको समेत उपस्थिति रहेको थियो ।


सो अवसरमा मंसिर १२ गते सम्पन्न ‘समाज रूपान्तरणमा सहकारीको भूमिका’ विषयमा आयोजित निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा खैरहनी माध्यमिक विद्यालयकी कक्षा १० की कृशा बुर्लाकोटी (प्रथम) रू ३,०००, बुद्धज्योति आवासीय माध्यमिक विद्यालयका कक्षा १० का आशिक मनसुन (द्वितीय) रू २,५००, पञ्चकन्या विद्या मन्दिरकी कक्षा ९ की दिप्सना अधिकारी (तृतीय) भइ रू २,००० र प्यारागन माध्यमिक विद्यालयका कक्षा १० का गुमशाङ लामालाई रू १,५०० को प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बचत कारोबारतर्फ १२ जना, ऋण कारोबारतर्फ ४ जना तथा ज्येष्ठ सेयर सदस्यतर्फ २ जना सदस्यलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी विजयनगर सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुको बैठक भरतपुर–१६, विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक समिति सदस्य ध्रुबकुमार ओझाको अध्यक्षतामा सम्पन्न भएको छ । उनले सहकारीको वार्षिक गतिविधि, संस्थाको वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पार्दै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

उपाध्यक्ष बाबुराम अधिकारीले आर्थिक पारदर्शिता, सदस्यमैत्री सेवा र संस्थाको दिगोपनाबारे मन्तव्य राख्दै आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । सचिव शारदा शर्मा पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने स्वागत मन्तव्य विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य बिष्णु भट्टले राखेका थिए । प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारीको वित्तीय अवस्था प्रस्तुत गर्दै हाल संस्थामा ५,४६५ जना सदस्य तथा ४७७ जना ऋणी सदस्यसहित सुदृढ वित्तीय संरचनासहित अघि बढिरहेको जानकारी दिए । सहकारीको सेयर पुँजी रू ९ करोड ७९ लाख, बचत निक्षेप रू ६३ करोड ७४ लाख, ऋण लगानी रू ६६ करोड ८८ लाख, कुल सम्पत्ति/वासलात रू ८८ करोड ४३ लाख पुगेको जानकारी गराए । सो अवसरमा बचत कारोबारतर्फ १२ जना, ऋण कारोबारतर्फ ७ जना र २ जना ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरिएको थियो ।

यस्तै जीतपुर सेवाकेन्द्रको बैठक भरतपुर–२८, जीतपुर मेघौलीस्थित संस्थाको आफ्नै भवन परिसरमा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष पौड्यालले सहकारीको नियमित काराेबार, सुशासन, आन्तरिक पद्धति र सेवाकेन्द्रको भूमिकाबारे प्रकाश पार्दै सदस्यहरूको निरन्तर सहभागिता सहकारी सफलताको मूल आधार भएको बताए । कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य पूर्णबहादुर कुमाल, सञ्चालक समिति सदस्य सूर्य बराल, जीतपुर सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक देवीप्रसाद पौडेल र पदपूर्ति उपसमिति सदस्य ओमप्रसाद लामिछानेले धारणा प्रस्तुत गरे । स्वागत मन्तव्य हरिचन्द्र महतोले राखेका थिए । बैठकमा बचत कारोबारतर्फ ९ जना र ऋण कारोबारतर्फ २ जना सदस्यलाई सम्मान गरिएको थियो ।


संस्थाको प्रधान कार्यालय अन्तर्गतका सदस्यहरुको सभा मङ्सिर २७ गते शहीदचोक स्थित संस्थाको परिसरमा बस्ने जानकारी संस्थाले गराएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट