चितवन उद्योग वाणिज्य संघद्वारा करसम्बन्धी तालिम सम्पन्न

चितवन । चितवन उद्योग वाणिज्य संघले सोमबार दुई दिने कर र मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिमको उद्देश्य उद्योगी व्यवसायीहरुलाई आयकर र VAT लगायत कर नीति, मिसम्याच, कर विवरण भर्ने प्रक्रिया तथा अन्य करसम्बन्धी चुनौती बारे जानकारी दिनु रहेको थियो ।

तालिम मंसिर २१ र २२ गते संघको सभाहलमा GIZ नेपालको प्राविधिक सहयोगमा आयोजित गरिएको थियो। संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले तालिममा स्वागत मन्तव्य व्यक्त गर्दै व्यवसायीहरुले भोगिरहेका करसम्बन्धी समस्या जस्तै मिसम्याच, नन–फाइलर अवस्था, कर गणना, विवरण बुझाउने प्रक्रिया र कर चुक्ता सम्बन्धी जटिलताहरुको समाधानमा तालिम सहयोगी हुने बताए।

उद्घाटन सत्रका प्रमुख अतिथि, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पूण्यविक्रम खड्काले तालिमले देशको आर्थिक संरचनाको आधारभूत स्तम्भ मजबूत गर्ने र कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रति सकारात्मक धारणा विकास गर्न सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

GIZ RSRSD का फाइनान्सियल म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेशन एडभाइजोर नविनलाल श्रेष्ठले पनि यस तालिममार्फत करसम्बन्धी ज्ञान विस्तार गर्न संघसँग सहकार्य गर्दै आएको बताए।

तालिममा चितवनका कर सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी, सिए विशाल भट्टराई र सिए कविता चौधरीले मध्यस्थता गरेका थिए। दुई दिनसम्म चलेको तालिममा विभिन्न क्षेत्रका करीब ७० उद्योगी व्यवसायीले सहभागिता जनाएका थिए।

कार्यक्रम अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरे। कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट