देश छोडेर जानेहरूको (गजल)

गजल

देश छोडेर विदेश जानेहरूको लहर कहिलेसम्म
यो देशमा बस्न सकिँदैन भन्ने ठहर कहिलेसम्म

रिन तिर्न नसकेर अत्तालिएका बाको हातमा
एकातिर तमसुक, अर्कोतिर जहर कहिलेसम्म

बुझ्नुपर्नेलाई बुझाउँदा हो, म अबुझ बनेको पनि
मौनता पढेर बुझोस् भन्ने मेरो रहर कहिलेसम्म

स्कुलब्याग बोकेकी छोरी कन्सल्टेन्सी पुगिरहन्छे
युरोप अमेरिकाहरू, सपनाको शहर कहिलेसम्म

देश फेरिन्छ शासन फेरिएपछि भनेरै कुरेको हो
बेरोजगारी र अस्तव्यस्तताको कहर कहिलेसम्म

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट