भरतपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु

चितवन, ९ मङ्सिर ।
भरतपुर महानगरपालिका –१० मालपोतचोकमा मंगलबार बिहान भएको दुर्घटनामा १८ वर्षीया राइना श्रेष्ठको ज्यान गएको छ । चितवन प्रहरीका अनुसार एलपी ग्यास बोकेको एनएल ०१ एल२४५३ भारतीय नम्बर प्लेटको बुलेट गाडीले राइना चढेको मोटरसाइकललाई करिब ७ बजे ठक्कर दिएको थियो ।

लमजुङ मध्यनेपाल–३ की राइना आफ्नो बुबा राजकुमार श्रेष्ठले चलाएको मोटरसाइकल (बा प्र ०६–००५ प ३०५४) मा चढेर जाँदैथिइन् । दुर्घटनामा उनका बुबा सामान्य रूपमा घाइते भए पनि राइना गम्भीर रूपमा प्रभावित भई उपचारका लागि पुरानो मेडिकल कलेज अन्तर्गतको शिक्षण अस्पताल लगिएको थियो ।

उपचारका क्रममा करिब पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनापछि ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट