एनपीएलमा विराटनगर किंग्सको कीर्तिमानी जित

काठमाडौँ । विराटनगर किंग्सले एनपीएल क्रिकेटमा नयाँ इतिहास बनाउँदै मंगलबार पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।

फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रनको कीर्तिमानी स्कोर तयार गर्‍यो। यो एनपीएल इतिहासकै सबैभन्दा उच्च स्कोर हो।

विराटनगरले यसअघि आफैंले बनाएको कीर्तिमानलाई तोडेको हो। गत वर्ष लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्स १८.५ ओभरमै १ सय ६७ रनमा समेटिँदै अलआउट भयो र ५३ रनले पराजित भयो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट