गल्याङमा देवकोटा काव्य उत्सव

स्याङ्जा, १ मंसिर ।
जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा “देवकोटा काव्य उत्सव- २०८२ तथा स्रष्टा सम्मान समारोह गत शनिबार गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।

सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा सुसम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशनलाई “जगत्रदेवी साहित्य सम्मान- २०८२” द्वारा विभूषित गरिएको थियो भने नेपाली भाषा साहित्यमा योगदान पुर्‍याउनु भएका स्याङ्जाली साहित्यकार (हाल- भुमही, नवलपरासी निवासी) डा. श्यामप्रसाद न्यौपानेलाई संस्थाका पूर्व अध्यक्ष साहित्यकार सूर्यप्रसाद डुम्रेद्वारा आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा २०८० मा स्थापना गरिएको “रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार- २०८२” द्वारा दोसल्ला र सम्मानपत्रद्वारा पहिलोपटक सम्मान गरिएको थियो । हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु. पाँच हजार रहेको छ ।

कार्यक्रममा सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई, प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशन, साहित्यकार डा. श्यामप्रसाद न्यौपाने, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह , नेपाली लेखक सङ्घका केन्द्रीय सचिव युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीर, साहित्यकारहरू अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पंगेनी, हरि भट्टराई, शम्भु अर्याल, लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, गुरुप्रसाद ढकाल, ढालबहादुर केसी, पार्वती थापा ‘पारु’, मित्रलाल गौतम, पारिश्वर न्यौपाने, तिलक भट्टराई, ऋषिराम भण्डारी, हिमालयजंग बानियाँ, लीलाम्बर ढुंगाना, जगन्नाथ भण्डारी, टीकाराम वाग्ले, नारायण न्यौपाने, झवनाथ बस्याल, गोविन्दशरण रेग्मी, इन्द्रप्रसाद पाठक आदिले आफ्ना उत्कृष्ट कविता, गीत, गजल र मुक्तक रचनाहरु वाचन गरेका थिए ।

समारोहमा स्वागत मन्तव्य सङ्गमका कोषाध्यक्ष पार्वती थापा पल्लीले गरेकी थिइन् भने उपाध्यक्ष लीलाबल्लौ अर्यालले देवकोटाको व्यक्तित्वबारे संक्षेपमा चर्चा गरेका थिए
समारोहको सहजीकरण संस्थाका सचिव डिल्लीराम भण्डारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट