गल्याङमा देवकोटा काव्य उत्सव

स्याङ्जा, १ मंसिर । जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा “देवकोटा काव्य उत्सव- २०८२ तथा स्रष्टा सम्मान समारोह गत शनिबार गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो । सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा […]