कर छुटको अवसर उपयोग गर्न करदातालाई आग्रह

भरतपुर, २७ कात्तिक ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले कर छुटका अवसरहरू उपयोग गर्न सबै करदातालाई आग्रह गरेको छ । कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा करदाताहरूलाई पारदर्शी रूपमा कर तिर्न, कर छली नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको हो ।

यसैबीच, मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा मंसिर १ गते राष्ट्रिय कर दिवस २०८२ मनाइने भएको छ । सो अवसरमा बिहान ७ बजे रक्तदान कार्यक्रम र बिहान ९ बजे शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनेछ। साथै, आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर तिर्ने करदातालाई सम्मान गरिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट